समाचारबुधबार, बैशाख २४, २०७१
चितवनमा तीन महिनामा आठ बालिका बलात्कृत
गत पुसदेखि फागनुसम्म ३ महिनामा चितवनमा ४ वर्षीय, ६ वर्षीय, ११ वर्षीय, १२ वर्षीय, १३ वर्षीय र १५ वर्षीय बालिका बलात्कृत भएका छन् ।
बलात्कार गर्नेमा १४ वर्षीय बालक समेत छन् ।
यस अवधिमा ३७ जना महिला घरेलु हिंसाबाट पीडित भएको इन्सेक चितवनकी जिल्ला प्रतिनिधि सावित्री सापकोटाले जानकारी दिईन् ।
प्रहरी कार्यालयमा आईपुग्ने घरेलु हिंसाका अधिकाशं घटनाको मिलापत्र हुने गरेको उनले बताईन् ।
ईन्सेक चितवनले २४ बैशाखमा त्रैमासिक पुर्व समिक्षा कार्यक्रम आयोजना गरेर मानव अधिकार उल्लंघनका घटनाहरुको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा तीन महिनाको अवधिमा मानवअधिकार उल्लङघनका ५२ घटना भएको उल्लेख छ । जसमा अपहरणबाट एक महिला र एक बालिका, बलात्कारबाट ८ बालिका, अमानविय व्यवहारबाट तीन महिला, विभिन्न कारणबाट घाईते दुई पुरुष, महिला अधिकारसँग सम्बन्धित घटनामा ३७ जना महिला पीडित भएका छन् ।
सविता श्रेष्ठ, चितवन
