समाचारबुधबार, बैशाख २४, २०७१

सिंघानियाको हत्यामा पनि सञ्जय साहको संलग्नता !

हिमालखबर

दुई वर्षअघि जनकपुरको रामानन्द चौकमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोटको मुख्य अभियुक्त भएको आरोपमा पक्राउ परेका सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् सभासद सञ्जयकुमार साह जनकपुरकै सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा पनि संलग्न भएको तथ्य फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

हत्याका प्रमुख सुटर पक्राउ परेपछि उनले दिएको बयानका आधारमा साहका निकट सहयोगीमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका वीरेन्द्र बजारका एकवाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान शुरु गरेको हो ।

सिँघानियाका पुत्र राहुलसमेतको जाहेरी र वादी नेपाल सरकार र प्रतिवादी सहनीलाई जिल्ला अदालत धनुषाबाट पाँचदिने म्याद थप गरी अनुसनधान शुरु गरिएको छ ।

अन्सी राइनले दिएको बयानका आधारमा प्रहरीले सो घटनामा साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य रामविनोद यादव, फोरम लोकतान्त्रिकका जिल्ला उपाधयक्ष चन्द्रदीप यादव, भरतपुर–८ का दीपेन्द्र यादव, भरतपुर मालटोलका टेकबहादुर लामा र उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ ।

प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले सिँघानिया हत्याको अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको जानकारी दिएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>