थप समाचारबिहीबार, बैशाख २५, २०७१
नाइजेरियामा अपहृत २०० छात्रा अझै वेपत्ता
१४ अप्रिल राति बन्दुकधारीहरुले नाइजेरियाको बोर्नो शहरस्थित एक विद्यालयको छात्रावासमा रहेका २०० छात्राहरुलाई चारवटा ट्रकमा राखेर अपहरण गरेका थिए । उनीहरुका बारे खबर दिनेलाइ प्रहरीले तीन लाख डलर दिने घोषणा गरेको छ ।
यसबाहेक गत आइतबार मात्रै एक गाउँबाट ८ युवतीहरुलाई अपहरण गरिएको छ ।
नाइजेरियामा खोजी अभियानमा सहयोगका लागि अमेरिकी विशेषज्ञहरुको टोली पनि नाइजेरिया आइपुगेको छ ।
इसअघि इस्लामिक चरमपन्थी समूह ‘बोको हराम’ ले स्कुल बोर्डिङबाट छात्राहरुको अपहरण गरेको स्वीकार गरेको थियो ।
स्थानीय भाषामा बोको हरामको अथ ‘पश्चिमी शिक्षा निषेध’ भन्ने हुन्छ । बोको हरामले उत्तरी नाइजेरियामा पछिल्ला केही वर्षहरुमा गरेको आक्रमणबाछ करिब डेढ हजारको मृत्यु भइसकेको छ ।
प्रहरीले जारी गरेको सूचनामा स्कुले छात्राहरुसम्म पुग्न सकिने गरी विश्वसनीय सूचना दिने व्यक्तिलाई उक्त पुरस्कार दिइने बताइएको छ । त्यसैगरी आमनागरिकलाई पनि हालको सुरक्षा चुनौतिबाट वच्न र प्रहरीलाई सहयोग गर्न अपिल गरिएको छ ।
बीबीसीको सहयोगमा
नाइजेरियाः दुई सय छात्राको अपहरण

