समाचारबिहीबार, बैशाख २५, २०७१
पेट्रोलका लागि पहुँचवालालाई प्रशासनको सिफारिश (पत्रसहित)
देब पचभैया, पाल्पा
जिल्ला प्रशासन कार्यालय पाल्पाले ‘पेट्रोल उपलब्ध गराउन’ भन्दै पहुँचवालालाई सिफारिश गरिदिने गरेको हो । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन ज्ञवालीले पेट्रोलका लागि सिफारिश गरिदिने गरेको भेटिएको छ ।
उनले अत्यावश्यक भएकालाई पेट्रोलका लागि सिफारिश गरिएको हिमालखबरसँग बताए । तर, पम्प संचालकले भने पेट्रोलकै लागि प्रशासनको सिफारिश आउन थालेपछि समस्या पर्न थालेको गुनासो गरे । सिफारिश लिएर गएका केहीलाई एक–दुई लिटर दिने पम्पवालाले सर्वसाधारणलाई भने ‘तेल छैन’ भन्ने गरेका छन् ।
पाल्पा, तानसेनमा रहेका पाँच वटा पम्प अहिले बन्द छन् । अहिले पाल्पा लगायतका जिल्लामा तेलको अभाव छ । पेट्रोलको अभाव भएपछि केही खुद्रा व्यापारीले लिटरमा रु.२५० लिएर पेट्रोल बिक्री गरिरहेका छन् ।
आयल निगमले भारतबाट खरीद गरेको पेट्रोलियम पदार्थ डिपोमा नपुर्याई बीच बाटैमा चोरी गर्ने १६ ट्यांकर व्यवसायीविरुद्ध रुपन्देही प्रहरी कार्यालयले पक्राउपुर्जी जारी गरेपछि अहिले तेल ढुवानी बन्द छ ।

