थप समाचारबिहीबार, बैशाख २५, २०७१

पत्नीमाथि आगो लगाउनेविरुद्ध मुद्दा दर्ता

हिमालखबर

फाइल तस्वीर: भेरी अञ्चल अस्पतालमा उपचाररत रिहाना शेष

बाँके प्रहरी प्रवक्ता प्रेम बस्नेतले पीडितका तर्फबाट उजुरी परेपछि छानबिन गरेर फरिद शेष विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिएका छन् ।

पत्नीका माइती पक्षले प्रहरीमा उजुरी गरेपछि फरिद भारततिर भागेका छन् । घटनामा संलग्न भनिएका फरिदका बाबुआमा पनि भारत भागेकाले प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

दाइजो नल्याएको भन्दै विवाद बढेपछि चैत ३ गते फरिदका परिवारले रिहानालाई आगो लगाएर दुई दिनसम्म घरभित्रै थुनेर राखेका थिए ।

त्यसपछि उपचारका लागि पति फरिदले नै भारतको बहराइच लगेका थिए । त्यहाँ सामान्य मल्हमपट्टी गरेर घर फर्काइएपछि रिहानाका माइतीले घटनाबारे थाहा पाएर उपचारका लागि भेरी अञ्चल अस्पताल ल्याएका थिए ।

घटना भएको समयमा गर्भवती रहेकी रिहाना उपचारकै क्रममा सुत्केरी भए पनिे नवजात शिशु बाँच्न सकेन ।

नेपालगञ्जमा उपचार सम्भव नभएपछि अस्पतालले उनलाई काठमाडौं रेफर गरेको थियो । हाल रिहानाको काठमाडौंमा उपचार भइरहेको छ ।
तुफान न्यौपाने, नेपालगञ्ज

पतिले दाइजो माग्दै गर्भवती पत्नी जलाए

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>