समाचारबिहीबार, बैशाख २५, २०७१

बाबुरामको नेतृत्वमा नयाँ पार्टीको तयारीः रायमाझी

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

बाबुराम पक्षीय एमाओवादी नेता रायमाझीले भट्टराईकै नेतृत्वमा नयाँ विचारसहितको नयाँ पार्टी छिट्टै बन्ने बताएका हुन् । रिपोर्टस क्लबले २५ बैशाखमा राजधानीमा गरेको कार्यक्रममा उनले नयाँ पार्टी निर्माणका लागि सबै शक्तिसँग भइरहेको छलफलले गति लिइरहेको पनि खुलासा गरे ।

“नेताहरु पुराना रहेको, विचार संगठन, कार्यक्रम र योजना सबै पुरानो भएकाले नयाँ पार्टी निर्माणको महान अभियानमा बाबुराम भट्टराईको नेतृत्वमा सक्रिय छौं,” उनले भने । उनले देशलाई निकास दिने खाका वर्तमान नेतृत्वसँग नभएकाले नयाँ पार्टी अनिवार्य भएको तर्क गरे ।

“‘देशको आवश्यकताअनुसारको नयाँ पार्टी छिट्टै बन्छ,” उनले भने, “नयाँ पार्टी रुपान्तरणसहितको नयाँ सिद्धान्त, विचार, संगठन, अनुहार, कार्यक्रम र योजनाको हुनेछ ।” उनले परिवर्तनको आवश्यकता भइरहने भन्दै देशले चाहेअनुरुपको रुपान्तरण एमाओवादीको विराटनगर सम्मेलनले गर्न नसकेकाले आफूहरु विकल्पमा जान बाध्य भएको बताए ।

नयाँ शक्ति निर्माणका लागि आफू स्वयं विभिन्न दलका नेता, समाजका बौद्धिक र नेतृत्वदायी क्षेत्रमा रहेकाहरुसँग छलफलमा सक्रिय रहेको उनले खुलासा समेत गरे । विचार मिलेसम्म सँगै रहन सकिने र नमिलेपछि अलग हुने परिपाटी सामान्य र स्वाभाविक भएको भन्दै उनले नयाँ पार्टी गठनको सम्भावनाबारेको अभियान चलिरहेको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>