समाचारशुक्रबार, बैशाख २६, २०७१
विराटनगरमा हेपाटाइटिसको प्रकोप: खानेपानी दुषित भएको पुष्टि
विराटनगरमा खानेपानीको कारण कमलपित्त (हेपाटाइटिस बी)बाट विराटनगरवासी बिरामी परेपछि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले संस्थानबाट वितरण गरिएको विराटनगरको १० स्थानको पानी सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएकोमा कोलीफर्मको मात्रा अत्याधिक रहेको फेला परेकोे छ ।
दश वटा नमुनामध्ये चार वटामा कोलीफर्मको मात्रा अत्याधिक रहेको फेला परेको, दुई वटामा कोलीफर्मको जीवाणु नरहेको र चार वटा नमुनामा सामान्य रहेको रिपोर्टमा उल्लेख छ ।
विराटनगरमा केही साता यता ९ जनाको कमलपित्तकै कारण मृत्यु भइसकेको छ भने अस्पतालमा कमलपित्तका विरामीहरुको घुइँचो छ ।
