थप समाचारशुक्रबार, बैशाख २६, २०७१

अमेरिकाको पत्रकार संघमा दाहाल

हिमालखबर

अमेरिकामा रहेका नेपाली पत्रकारको संस्था नेजामा दाहाल अध्यक्ष निर्वाचित भएका हुन् । नेजाको चौंथो अधिवेशनमा युएस नेपाल अनलाइनका प्रदीप थापा मगरलाई हराउँदै उनी अध्यक्ष बने ।

उनी अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए । नेजाको उपाध्यक्षमा शिव विष्ट, महासचिवमा भोला आचार्य चुनिए । सचिव सुदिपराज पन्त, विटु केसी कोषाध्यक्ष र सदस्यमा मधुकर अधिकारी, अग्नी चौंलागाई, शैलेश पोख्रेल, श्रीकृष्ण गौतम र तेम्बा दोङवा हेल्मो छन् ।

पश्चिम क्षेत्र संयोजकमा जाङबु शेर्पा चयन भए । डिसी मेट्रो क्षेत्रीय संयोजकमा विश्वराज थापा, पुर्व क्षेत्रमा भुपेन्द्र थापा र मध्य क्षेत्रमा विकाशराज न्यौपाने निर्वाचित भए ।

नेजा ६ वर्ष अघि स्थापना भएको हो । अधिवेशनमा ४९ पत्रकार सहभागी थिए ।

ङिमा पाख्रिन, अमेरिका

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>