थप समाचारशुक्रबार, बैशाख २६, २०७१

यमनमा अल कायदाका लडाकू मारिए

हिमालखबर

फाइल तस्वीर: दक्षिणी यमनमा अलकायदाले प्रयोग गरेको घर त्यहाँको सेनाले भत्काएपछि

यमनमा पश्चिमा देशका कूटनीतिज्ञहरुको अपहरण र हत्यामा संलग्न रहेको भनिएका अल कायदाका कमाण्डरमध्येका सवबानी सेनाको कारवाहीमा मारिएको सैनिक प्रवक्ता सइफ मोहम्मदले जनाएका छन् ।

अल कायदाले आक्रमण गर्ने त्रासका कारण यमनस्थिते अमेरिकी दूतावास दुई दिनदेखि बन्द छ । त्यसलगत्तै अलकायदा कमाण्डर मारिएका छन् ।

यमनको राजधानी सानामा रहेको राष्ट्रपतिको कार्यालयनजिकै चारजना सहयोगीका साथमा यात्रा गरिरहेका ती कमाण्डरलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाइएपछि सेनाले जवाफी फायर गर्दा ती कमाण्डर र उनका एक सहयोगी मारिएका छन् भने अन्य तीनजनालाई नियन्त्रणमा लिइएको छ ।

यमनमा अल कायदाका लडाकूहरूले विभिन्न समयमा विदेशीहरूमाथि आक्रमणको शृङ्खला नै चलाएकाले अमेरिकी दूतावास बन्द गरिएको जानकारी अमेरिकी दूतावासले दिएको छ ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>