समाचारशुक्रबार, बैशाख २६, २०७१
पाँच दिनदेखि बेपत्ता युवकको हत्या
धारिलो हतियारले घाँटी रेटिएको र पाखुरामुनि काटिएको अवस्थामा इनरुवा– ९ निवासी ३६ वर्षीय सचिन्द्र भनिने कुमरदेव यादवको शव फेला परेको छ । उनी २१ वैशाखदेखि वेपत्ता थिए ।
हराइरहेका यादवलाई खोज्दै जाँदा गाउँ नजिकैको महुली खोलामा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच यादवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।
