थप समाचारशुक्रबार, बैशाख २६, २०७१

लूनकरणदास–गङ्गादेवी चौधरी सम्मानको घोषणा

हिमालखबर

व्यवसायिक घराना चौधरी समूहले स्थापना गरेको साहित्यकला मन्दिरको २० औँ वार्षिकोत्सवको अवसर पारेर २७ वैशाखमा आयोजना हुने विशेष समारोहमा पुरस्कार र सम्मान प्रदान गरिने छ ।

साहित्यकला मन्दिरले सिक्किमका कथाकार एवम् समालोचक पेम्पा तामाङलाई ‘सरस्वती सम्मान’, काठमाडौँका रवीन्द्र ज्यापूलाई ‘अरनिको ललितकला सम्मान’, दाङका महेश चौधरीलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ काठमाडौंकै अशेष मल्ललाई ‘बालकृष्ण सम रङ्ग सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ ।

त्यसैगरी, गीतकार किरण खरेललाई ‘नारायणगोपाल सङ्गीत सम्मान’, अमेरिकामा बसेर समाज एवम् साहित्य सेवा गरेबापत गीता खत्रीलाई ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ र विज्ञान प्रविधिको क्षेत्रमा उल्लेख्य प्रतिभा प्रदर्शन गरेकामा काठमाडौँकी सुजाना फोबोलाई ‘नेपाल नवप्रतिभा सम्मान’ प्रदान गर्ने निर्णय भएको साहित्यकला मन्दिरले जनाएको छ ।

‘गङ्गादेवी चौधरी स्मृति सम्मान’को राशि रु एक लाख रहेको छ भने अन्य सम्मान एवम् पुरस्कारको राशि रु ५१ रहेको छ ।

साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष वसन्तकुमार चौधरीको सभापतित्वमा हालै सम्पन्न बैठकले ती स्रष्टा, कलाकारलाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकला मन्दिरले बर्सेनि चार सम्मान तथा एक पुरस्कार अर्पण गर्दै आएकामा यो वर्षदेखि दुई सम्मान थपेर सात पुर्‍याएकोे छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>