थप समाचारशुक्रबार, बैशाख २६, २०७१

भारतमा अलपत्र १० बालकको उद्धार

हिमालखबर

भारतबाट उद्धार गरिएका बालकहरु । तस्वीर: श्याम गुप्ता

रोजगारीका लागि एक वर्षअघि भारतको बैंगलोर पुगी अलपत्र परेका नेपाली बालकहरुलाई भारतीय प्रहरीले त्यहाँको रेलवे स्टेशनबाट उद्दार गरी विहारको मुजफ्फरपुरस्थित सरकारी बालगृहमा जिम्मा लगाएको थियो । नेपाली बालकहरु भारतीय बालगृहमा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा बाल–बालिका सेवा केन्द्र र माइती नेपाल वीरगञ्जको प्रयासमा बालकहरुलाई नेपालल्याई अभिभावकको जिम्मा लगाइएको छ ।

माइती नेपाल वीरगञ्जकी संगीता पुरीका अनुसार आर्थिकस्थिति कमजोर भएर बारा जिल्लाका ७, रौतहटका २ र सर्लाहीका एक बालकलाई अभिभावकलाई जिम्मा लगाइएको हो ।

भारतको मुजफ्फरपुरस्थित बालगृहमा रहेका २५ जनामध्ये १० जना बालकहरुको पहिचान गरी अभिभावकलाई जिम्मा लगाइएको र बाँकी रहेका १५ जना बालकहरुलाई समेत अभिभावकहरु खोजी जिम्मा लगाइने पुरीले बताईन् ।

बैंगलोरस्थित ब्याग बनाउने कारखानामा पुगेका ८ देखि १२ वर्ष उमेरका ती बालकहरु अभिभावककै सहमतिमा दलालका माध्यमबाट त्यहाँ पुगेको र सो उद्योग बन्द भएपछि अलपत्र परेको मुजफ्फरपुरस्थित बालगृहका अधिकृत सत्येन्द्रकुमार सिंहले बताए ।

उनले बाँकी रहेका बालकहरुलाई समेत नेपाल फर्काउने तयारी भइरहेको जानकारी दिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>