थप समाचारशुक्रबार, बैशाख २६, २०७१

उमाविमा भर्ना फाराम र परीक्षा दस्तुर तोकियो

हिमालखबर

उच्च माविहरुले मनोमानी शुल्क लिइरहेको गुनासो आएपछि उच्च माध्यामिक शिक्षा परिषद्द्वारा गठित अनुगमन समितिको २६ वैशाखमा बसेकोे बैठकले भर्ना फारामको अधिकतम् रू. २५ र परीक्षा दस्तुरको अधिकतम् रु एक सयभन्दा बढी लिन नपाउने निर्णय गरेको समितिका सदस्य–सचिव डम्बरकुमार बतासले जानकारी दिएका छन् ।

उनले तोकिएको शुल्क सीमालाई पालना नगर्ने उमाविलाई कारबाही गरिने बताए । हाल कतिपय उमाविले भर्ना फाराममा रू एक हजारसम्म पनि उठाउने गरेका छन् ।

यस्तै बैठकमा परिषद्सँग स्वीकृत नदिई नाम परिवर्तन गर्ने क्यापिटल उमावि (सिसिआरसी), कोटेश्वरले अनुगमन समितिको सिफारिसबमोजिम रू ५० हजार जरिवाना तिरेको जानकारी गराइएको छ ।

बैठकमा ललितपुरका क्यास्पियन भ्याली कलेज र युनाइटेड कलेजबीच परीक्षा सञ्चालनका क्रममा देखिएको आपसी विवाद मिलाउन दुवै पक्षलाई बोलाउने निर्णय भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>