समाचारशुक्रबार, बैशाख २६, २०७१

सात कर्मचारी अख्तियारको नियन्त्रणमा

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ वैशाखमा भ्रष्टाचारको आरोपमा सप्तरीको गम्हरिया प्रवाहा गाविसस्थित राप्राविका तत्कालीन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, जिल्ला शिक्षा कार्यालय सप्तरीका लेखा अधिकृत कामेश्वर साहसहित सात कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

तत्कालीन प्रअ यादव, लेखा अधिकृत साहसहित जिल्ला शिक्षा कार्यालय सप्तरीका सबइन्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल, स्रोत व्यक्ति रासेन्द्र यादव, तत्कालीन लेखापाल गणेश कटुवाल, तत्कालीन स्रोत व्यक्ति सुनिलकुमार प्रसाद, तत्कालीन सबइन्जिनियर योगेशकुमार साह, सबइन्जिनियर उपेन्द्रप्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुले आर्थिक वर्ष २०६४/६५ देखि २०६८/६९ सम्म भौतिक संरचना निर्माण, मर्मत, कम्प्युटर खरिद, समुदाय व्यवस्थापन, छात्रवृत्ति वितरण, खाजा वितरणलगायतका शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको अख्तियारले आरोप लगाएको छ ।

यस्तै, यसअघि गएको बुधबार गोबरगाढा गाविसका तत्कालीन गाविस सचिव नन्दकिशोर यादवविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विकासका लागि आएको रकम अनियमितता गरेको भन्दै अख्तियारले सचिव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाविसबाट प्रत्येक महिना सात हजार ५०० अतिरिक्त रकम बुझेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियारले सचिव यादवमाथि मुद्दा दायर गरेको हो ।

———————————————————————————————————————–

अख्तियारद्वारा विमानस्थल भन्सारमा छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छापा मारेको छ।

शुक्रबार , २६ वैशाख २०७१ ५:३८ पम

विभिन्न मुलुकबाट आयात भएका सामग्रीको परल मुल्य भन्दा कम मुल्यको बिजक बनाई कर छलेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल भन्सार कार्यालयमा छापा मारेको छ।

आन्तरिक राजस्व अनुसन्धान विभागका अधिकारीसहितको आयोगको टोलीले २६ वैशाखमा छापा मारी रु ११ लाख ५८ हजार मूल्यको बिजक बनाई जाँचपास भएका एकलाख ५० हजार थान जापानी ‘वाच मुभमेन्ट’ र रु १३ लाख ८९ हजार मूल्यको विजक भएका चार ‘गिगा बाइट’ क्षमताका ३६ हजार थान मोबाइल सेक्योर डिजिटल चिप्स बरामद गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार बरामद सामग्री राजस्व अनुसन्धान विभाग पठाइएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>