समाचारशुक्रबार, बैशाख २६, २०७१
दाङको वनकट्टीमा आगलागी, ६० घर ध्वस्त
पूर्वी दाङको राजपुर वनकट्टीका स्थानीय वीरबहादुर सुनारको घरबाट सल्केको आगोले गाउँका ६० घर तथा गोठ जलेर पूर्णरुपमा नष्ट भएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र दमकलको सहायताले आगो निभाउन प्रयास गरे पनि रात पर्दासम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा नआइसकेको प्रजिअ पन्थले बताए ।
आगलागीबाट मानवीय क्षति केही नभए पनि अन्नपात, चौपाया, लत्ताकपडालगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी पीडितलाई नजिकैको विद्यालयमा राखिएको छ । क्षतिको विस्तृत विवरण आउन अझै बाँकी छ ।
