समाचारशनिबार, बैशाख २७, २०७१
ज्ञानेन्द्रले पूर्वी भ्रमण लम्ब्याए
पूर्व राजा ज्ञानेन्द्रले तीर्थस्थल भ्रमण एक साता लम्ब्याएका हुन् । उनी अहिले झापाका विभिन्न मन्दिर तथा तीर्थस्थल भ्रमणमा व्यस्त छन् ।
पत्नी कोमलकासाथ पूर्वाञ्चलमा रहेका उनले २७ बैशाखमा झापाका दुई मन्दिरमा पूजा गरेका छन् । पूजाका लागि उनी बिहान ११ बजे दमक–१ स्थित दुर्गा पाञ्चायन मन्दिर पुगेका थिए । त्यहाँ पूजाआजा र शुभेच्छुकहरुसँगको करिब डेढ घण्टाको भेटघाटपछि उनी झापाकै राजगढस्थित दुर्गा मन्दिर पुगेका थिए ।
झापा दमकस्थित हिमालय चिया बगानमा एक साताको बसाई तथा पूर्वका तीर्थस्थलहरुको भ्रमणको लागि तय उनको कार्यक्रम थप एक साताका लागि बढाइएको छ ।
उनी पुग्ने ठाउँमा उनका पक्षमा नाराबाजी हुने गरेको छ । स्वयमसेवकको रुपमा राप्रपा नेपालका कार्यकर्ताहरु खटिने गरेका छन् ।
गोपाल गडतौला, झापा

