थप समाचारआइतबार, बैशाख २८, २०७१

पर्यटन बोर्डको समस्याबारे छानबीन समिति गठन

हिमालखबर

सरकारले पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरको निर्णय अनुसार बोर्डका सम्बन्धमा छानबीन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न २८ बैशाखमा अर्थ मन्त्रालयका उपसचिव सदस्य र लेखा अधिकृत ध्यानकुमार राई सदस्य सचिव रहेको छानबीन समिति गठन भएको हो ।

समितिलाई बोर्डका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा परेका उजुरीका विषयवस्तुमा छानबीन गर्ने, विगत आर्थिक वर्ष २०६८÷६९ देखि हालसम्म बोर्डको आम्दानी र खर्चको छानबीन गरी कारबाहीको निम्ति सुझाव दिने कार्य सर्त तोकिएको छ ।

यस्तै, पदयात्री सूचना व्यवस्थापन प्रणालीको व्यवस्थापन, शुल्क उठाउने व्यवस्था र भएको खर्च सम्बन्धमा अनुसन्धान र छानबीन गर्ने, बोर्डको विषयमा व्यावसायिक संस्था तथा सरोकारवालाद्वारा उठाएका विभिन्न विषयमा छानबीन गर्ने, बोर्डको आर्थिक विनियमावलीको अध्ययन गरी त्यसमा कमीकमजोरी भए सोको सुधारका लागि सुझाव दिने र समितिले आफ्नो कामको सिललिलामा आवश्यक पर्ने विशेषज्ञ वा पदाधिकारीलाई काममा लगाउन वा आमन्त्रण गरी सुझाव सल्लाह लिन सक्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बोर्डको विवाद समाधानका निम्ति छानबीन समिति गठन गरिएको हुँदा हाल पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसङ्स्था र सरोकारवालाले गरिरहेको आन्दोलन स्थगन गरी पर्यटन बोर्डको कार्य सुचारु गर्न सहयोग गर्न मन्त्रालयले आग्रह समेत गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>