समाचारबिहीबार, भाद्र २१, २०६९
स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री भट्टराईले कृषि, जलस्रोत, पर्यटन, शिक्षा तथा स्वास्थका क्षेत्रमा लगानीको सम्भाव्यता प्रचुर भएको उल्लेख गरे । भट्टराईले साना तथा मझौला उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिए । नेपालले तीन खर्ब ८७ अर्ब रुपियाँ बराबरको व्यापारघाटा बेहोरिरहेको उनले बताए ।
कार्यक्रममा अर्थमन्त्री वर्षान पुनले नेपाली उत्पादनका आफ्नै मौलिक पहिचान भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
२४ भदौसम्म सञ्चालन हुने प्रदर्शनीमा एक सय भन्दा बढी स्टल छन् । नेपाली हस्तकला, धातुकला, चिया, कफी, नेपाली गलैँचालगायतका उत्पादन प्रदर्शनीमा राखिएका छन् ।
