थप समाचारसोमबार, बैशाख २९, २०७१
युवती बेच्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले एक जनालाई पक्राउ गरेको हो । उनलाई २८ बैशाख राति वीरगञ्ज इनर्वा–१९ बाट पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।
पक्राउ पर्नेमा सिन्धुली शान्तेश्वरी–६ बस्ने २८ वर्षीय धनबहादुर तामाङ छन् । विभिन्न प्रलोभन देखाएर दुई युवतीलाई भारतको रक्सोलतर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
दुवै युवतीलाई प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
