समाचारसोमबार, बैशाख २९, २०७१
सत्य निरुपण आयोग गठनबारे तीन दलबीच छलफल
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच आयोग गठन लगायतका विषयमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा २९ बैशाखमा बसेको बैठकमा आयोग गठनका विषयमा प्रारम्भिक छलफल भएको छ ।
राष्ट्रपति रामबरण यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा २८ बैशाखमा मात्र प्रमाणीकरण गरेका हुन् ।
बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आयोग गठन र र्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा छलफल भएको जानकारी दिए ।
यस्तै, बैठकमा मन्त्रिपरिषदले मनोनित २६ सभासद चयन, संवैधानिक निकाय तथा राजदूत नियुक्ति लगायतको विषयमा समेत छलफल भएको छ । एमाओवादी नेता पोष्टबहादुर बोगटीले दलहरुबीच प्रारम्भिक छलफल शुरु भएको जानकारी दिए ।
छलफलमा दलहरुबीच सहमति भने हुन सकेन । सर्वोच्चमा नियुक्तिका लागि न्यायपरिषदले सिफारिश गरेका न्यायाधीशको विषयमा दलहरुबीच विवाद छ ।
