समाचारसोमबार, बैशाख २९, २०७१

खाद्यान्न बालीको उत्पादत्व बढ्यो

रासस

कृषि मन्त्रालयले आर्थिक वर्ष २०७०/७१ को कृषि उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्दै अधिकांश मुख्य बालीको उत्पादन वृद्धि भएको जनाएको हो । मन्त्रालयले २९ बैशाखमा तथ्यांक सार्वजनिक गर्दै गत वर्षको तुलनामा खाद्यान्न बालीको उत्पादकत्वमा ५.२ प्रतिशतले वृद्धि भएको दावी गरेको छ ।

देशका विभिन्न जिल्लाहरूबाट जिल्ला कार्यालय, क्षेत्रीय तथा केन्द्रीय निर्देशनालय एवम् विभागमार्फत् क्षेत्रगत निरीक्षण र प्राविधिक समितिको राय सुझावका आधारमा सो तथ्याङ्क सार्वजनिक गरिएको मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुर्इंटेलले जानकारी दिए ।

विश्व खाद्य कार्यक्रम एवम् खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपाल र कृषि विकास मन्त्रालयबीच भएको सहमतिअनुसार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा गत वर्षको तुलनामा खाद्यान्न बालीको क्षेत्रफल ४.१ प्रतिशतले, उत्पादन ९.४ प्रतिशतले तथा उत्पादकत्व ५.२ प्रतिशतले बढेको देखिन्छ ।

परिमाणको हिसाबले भने ८ लाख २४ हजार मेट्रिक टन खाद्यान्न गतवर्षको तुलनामा बढेका देखिन्छ । गत वर्षभन्दा यस वर्ष धानबालीको क्षेत्रफल करिब ४.७ प्रतिशतले, उत्पादन १२ प्रतिशतले तथा उत्पादकत्व ७ प्रतिशतले बढेको छ भने मकैबालीको क्षेत्रफल ६.३ प्रतिशतले, उत्पादन ९.८ प्रतिशतले तथा उत्पादकत्व ३.४ प्रतिशतले वृद्धि भएको मन्त्रालयका सहप्रवक्ता लुईंटेलले बताए ।

कोदोे बालीको क्षेत्रफल १.३ प्रतिशतले, उत्पादन ०.५ प्रतिशतले कमी तथा उत्पादकत्व ०.७ प्रतिशतले वृद्धि भएको र फापरबालीको क्षेत्रफल १.६ प्रतिशतले कमी आए पनि उत्पादन २.८ प्रतिशतले बढेको र उत्पादकत्व ४.४ प्रतिशतले बढेको छ ।

गहँुबालीको क्षेत्रफल ०.७ प्रतिशतले घटेपनि उत्पादन ०.०५ प्रतिशत तथा उत्पादकत्व ०.८ प्रतिशतले बढ्न गएको छ भने जौ बालीको क्षेत्रफल २.८ प्रतिशतले, उत्पादन ५.८ प्रतिशतले तथा उत्पादकत्व ३.१ प्रतिशतले गत वर्षभन्दा घट्न गएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, तरकारी बालीको क्षेत्रफल ०.७ प्र्रतिशतले, उत्पादन ५.२ प्रतिशतले तथा उत्पादकत्व ४.५ प्रतिशतले गतवर्ष भन्दा बढ्न गएको छ भने फलफूलको क्षेत्रफल करिब ३.१ प्रतिशतले घटी, उत्पादन ०.२ प्रतिशत तथा उत्पादकत्व ३.४ प्रतिशतले गत वर्षभन्दा बबढेको छ । दलहन बालीको क्षेत्रफल १६.९ प्रतिशतले र उत्पादन १७.२ प्रतिशतले बढेको तथा उत्पादकत्व करिब ०.३ प्रतिशतले घट्न गएको छ । यद्यपि तेलहन बालीको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व गत वर्षभन्दा केही बढेको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार आलु बालीको क्षेत्रफल ०.४१ प्रतिशतले, उत्पादन ०.३ प्रतिशतले बढेको तथा उत्पादकत्व ०.१ प्रतिशतले गत वर्षभन्दा घट्न गएको देखिन्छ । उखुको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व गत वर्ष केही बढेको छ । त्यस्तै, सूर्तीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व गत वर्षभन्दा घटेको छ । जुटबालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व केही बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>