समाचारशुक्रबार, भाद्र २२, २०६९

अमेरिकाले नेपालका माओवादीलाई आतंकारी सूचीबाट हटायो

हिमालखबर

अमेरिकी विदेश मन्त्रालयले २१ भदौमा  एक प्रेस विज्ञप्ति जारी गरि नेपालका माओवादीलाई विगत आठ बर्ष यता लगाएको आतंकवारी सूचीबाट हटाएको जनाएको छ ।
माओवादीले आफूलाई लगाउँदै आएको आतंकारीको विल्ला हटाउँन अमेरिकी विदेश मन्त्रालय र दूतावासमा समेत अपील गरेको थियो ।  नेपालका माओवादीलाई आतंकवादी सूचीबाट हटाउनु पछाडि अमेरिका नेपालका माओवादीसंग नरम नीति अपनाउँन चाहेको अथ्र्याउँन थालिएको छ । शसस्त्र युद्धका बेला माओवादीले अमेरिकी दूतावासका सुरक्षा गार्डको हत्या गरे पछि अमेरिकाले माओवादीलाई सन् २००४ देखि आतंककारी सूचीमा राखेको थियो ।
सूचीबाट हटाएपछि माओवादीपछि माओवादी पार्टी र त्यससंग सम्बन्धित संस्थाहरुको अमेरिकामा रहेको सम्पति खुल्ला हुने र माओवादीलाई सहयोग गर्न चाहने अन्तराष्ट्रिय संस्थालाई समेत सहयोग गर्न बाटो खुल्ला हुने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>