थप समाचारमंगलबार, बैशाख ३०, २०७१

विभिन्न ठाउँमा भएको दुर्घटनामा चारको मृत्यु, ११ घाइते

हिमालखबर

चितवनको जुगेडीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा ३० बैशाख बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा ११ जना घाइते छन् ।

मृत्यु हुनेमा चितवन खैरहनी गाविस–४ की ६५ वर्षीया केशवमाया रावल र जुटपानी गाविस–४ की ८१ वर्षीया मैया थापा रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख २८०७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको बा ११ च १२५७ नम्बरको टाटासुमोले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ५६९६ नम्बरको बससँग ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी घाइते भएका तीनवटै सवारीसाधनका घाइतेको भरतपुरका दुई वटा मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक दुवै सुमोका यात्रु रहेको प्रहरीले जनाएको छ ।
रासस

__________________________________________________________________________

गाडीले किच्दा लमजुङमा एक यात्रुको मृत्यु

लमजुङको पुरानो सदरमुकाम कुन्छाबाट तनहूँ सदरमुकाम दमौलीका लागि छुटेको यात्रुबाहक बसले किच्दा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । सवारी अनुमतिपत्र नभएका सहचालकले चलाएको ग १ ख २२१० नम्बरको बसले किच्दा सोही बसमा यात्रा गरिरहेका यात्रु अन्दाजी ३२ बर्षिय रामशरण पौडेलको मृत्यु भएको सोतिपसलबाट प्रत्यक्षदर्शी माधव भट्टराईले जानकारी दिए ।

बसमा यात्रा गरिरहेको अवस्थामा टोपी खसेपछि कुन्छा–७ का मृतक पौडेल गुडिरहेको बसबाट हामफालेका थिए । गुडिरहेको बसबाट हामफाल्दा टायरमा परेर बसले किचेको प्रत्यक्षदर्शी भट्टराईको भनाइ छ ।

घटना पश्चात सोतिपसलस्थित प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन् । बस सहचालकलाई जिम्मा लगाएर घर गएका सुर्यपाल–९ का चालक मिठु कामी र घटना पश्चात फरारसहचालक विकल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवराज श्रेष्ठ, लमजुङ

________________________________________________________________________________________________

ट्रयाक्टरबाट खस्दा दाङमा एकको मृत्यु

दाङको घोराही–लमही सडकखण्डमा चलिरहेको ट्र्याक्टरबाट खस्दा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा घोराही नगरपालिका–४ की ३५ वर्षीया सीता चौधरी छन् ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ त १५७१ नम्बरको ट्र्याक्टरबाट उनी खसेकी थिइन् । दुर्घटनामा घाइते उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>