समाचारमंगलबार, बैशाख ३०, २०७१

भोलिदेखि लोडसेडिङ घट्दै (तालिकासहित)

हिमालखबर

विद्युत् प्राधिकरणले ३१ बैशाखदेखि लागू हुने गरी दैनिक दुई घण्टा लोडसेडिङ घट्ने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक १० घण्टा लोडसेडिङ हुनेछ ।

सातामा चार दिन दैनिक १० घण्टा, दुई दिन दैनिक ९ घण्टा र एक दिन १२ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

लोडसेडिङको नयाँ तालिकानदीहरुको जलस्तरमा सुधार आएको, सूर्यास्तको समय परिवर्तन भएकोले लोडसेडिङ घटाइएको हो । प्राधिकरणले प्रकाशित गरेको सूचनामा कुलेखानी जलाशयको पानी संचितीलाई समेत अधिकतम सदुपयोग गर्ने उद्देश्यले लोडसेडिङ घटाइएको उल्लेख छ ।

प्राधिकरणले सम्भव भएसम्म विद्युत् खपत कम गर्न र अधिक विद्युत् खपत गर्ने चिम तथा उपकरण प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>