समाचारमंगलबार, बैशाख ३०, २०७१

उज्जन हत्याकाण्डका दोषी गौतम जेल चलान

हिमालखबर

ओखलढुंगा पोकली–२ लेतीका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या दोषी गौतमलाई ३० बैशाख साँझ ५.३० बजे कारागार चलान गरिएको हो । उनलाई ३० बैशाख दिउँसो राजधानीस्थित बागबजारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो ।

फेसबुक तस्वीर

सीआईबीका प्रहरी उपरीक्षक सुरेशविक्रम शाहले जिल्ला अदालत ओखलढुंगाले गरेको फैसलाको प्रतिलिपीसहित गौतमलाई जिल्ला अदालत काठमाडौं बुझाइएको र अदालतले कारागार पठाएको हिमालखबरसँग बताए ।

फैसला कार्यान्वयन इकाईले पठाएको सूचिका आधारमा उनलाई पक्राउ गरिएको शाहले जानकारी दिए ।

———————————————————————————————————————————————

उज्जन हत्याकाण्डका दोषी गौतम पक्राउ

उज्जन हत्याकाण्डका फरार दोषी पुष्कर गौतम पक्राउ परेका छन् । ओखलढुंगा पोकली–२ लेतीका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या  दोषी पुष्कर गौतमलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई ३० बैशाख दिउँसो राजधानीस्थित बागबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमकुमार कार्कीले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा उनलाई पक्राउ गरिएको हिमालखबरलाई जानकारी दिए ।

ओखलढुंगा जिल्ला अदालतले ७ चैत २०६९ मा एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेलसँगै आरोपी गौतमलाई हत्याको दोषी ठहर गर्दै सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसअघि १९ पुस २०६६ मा सर्वोच्च अदालतले पनि माओवादी सभासद ढुंगेल विरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।

श्रेष्ठ हत्याको बखत गौतम तत्कालिन माओवादीका जिल्लास्तरीय नेता थिए । हत्या अभियोग लागेदेखि नै उनी फरार थिए । ओखलढुंगा पोकली–२ लेतीका श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>