समाचारशुक्रबार, भाद्र २२, २०६९

कांग्रेस सभापतिद्वारा एमाओवादीलाई विश्वासको वातावरण बनाउन आग्रह

हिमालखबर

पाल्पा उद्योग बाणिज्य संघद्वारा कांगे्रसका शीर्ष नेताहरुको सम्मानमा २२ भदौमा तानसेनमा आयोजित कार्यक्रममा सभापति कोईरालाले सरकारको नेतृत्व गर्ने पालो पनि कांग्रेसकै भएको बताए । एमाओवादीले पाँच बुँदेलगायतका कुनै पनि सम्झौता पालना नगरेको सभापति कोइरालाको भनाई छ ।

कार्यक्रममा सभापति कोइरालाले एमाओवादीलाई विश्वासको वातावरण बनाउन आग्रह गरे । माओवादीले विगतका सम्झौताहरु कार्यान्वयन नगर्दा दलहरुबीच विश्वासको संकट उत्पन्न भएको कोइरालाले उल्लेख गरे ।

कोइरालालगायतका कांग्रेसका शीर्ष नेताहरु आजैदेखि शुरु हुने कांग्रेस महासमिति सदस्यको पश्चिमान्चल भेलाका लागि तानसेन आएका हुन ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>