समाचारबुधबार, बैशाख ३१, २०७१
न्यायपरिषद सदस्य ढुंगाना एमाले कार्यालयमा
न्यायपरिषद सदस्य खेमनारायण ढुंगाना ३१ बैशाखमा नेकपा एमाले पार्टी कार्यालय बल्खु पुगेका हुन् । एमाले कानून विभागले न्यायाधीश नियुक्तिबारे डोकेको छलफलमा ढुंगाना पनि पुगेका हुन् ।
बल्खुमा चलिरहेको छलफलमा उनी पुगेपछि कानून व्यवसायीले आपत्ति जनाएका थिए । कानून व्यवसायीको बिरोधपछि भने उनी फर्किएका थिए ।
सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले गरेको सिफारिशमा अहिले चर्को विवाद चलिरहेको छ । विवादपछि संसदीय सुनुवाइ विशेष समितिले ३० बैशाखमा सिफारिशकर्ता न्यायपरिषदका सदस्यलाई झिकाउने निर्णय गरेको छ ।
समितिमा एमाले सभासदहरु भने सिफारिशको विरोधमा उभिदैं आएका छन् ।
