थप समाचारबुधबार, बैशाख ३१, २०७१

अब हस्तलिखित राहदानी नचल्ने

हिमालखबर

वैदेशिक रोजगार विभागले १ जेठदेखि हस्तलिखित राहदानी वाहकलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गरेको हो । विभागका प्रवक्ता बद्रिकुमार कार्कीले १ जेठदेखि मेशिन रिडेबल पासपोर्ट (एमआरपी) भएकालाई मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाउने बताए ।

उनले भने, “अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारले हस्तलिखित राहादानीबाट श्रम स्वीकृति पाउने छैनन् ।” यसअघि नै (१ जेठ अघि) भिसा आइसकेकाले भने एमआरपी बनाउन निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदनको आधारमा श्रम स्वीकृति दिइने विभागले जनाएको छ ।

पुनः श्रम स्वीकृतिको हकमा एमआरपीको निवेदन दर्ता गरेको रसिदको प्रमाणित प्रतिलिपी संलग्न राखी निवेदन दिएमा हस्तलिखित राहदानीबाट पुनः श्रम स्वीकृतिका लागि स्वीकृति दिइने कार्कीले जानकारी दिए ।

मंसीर २०७२ देखि हवाइ यात्रा गर्न विश्वभर अनिवार्य रुपमा एमआरपी लागू हुँदैछ । एमआरपी अनिवार्य लागू भएपछि नेपाली कामदारलाई सजिलो होस् भनेर १ जेठ २०७१ देखि नै एमआरपी अनिवार्य गर्न लागेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>