समाचारबिहीबार, जेठ १, २०७१

दाहालको आग्रह भट्टराईद्वारा अस्वीकार

हिमालखबर

एमाओवादी अध्यक्ष दाहालले भट्टराईलाई केन्द्रीय समिति बैठकमा आउन आग्रह गरेका हुन् । भट्टराई निवास सानेपामा १ जेठ बिहान भएको वार्तामा भट्टराईले केन्द्रीय समिति बैठकमा आउन अस्वीकार गरेका हुन् ।

दाहालले आफ्नै निवास लाजिम्पाटमा ३१ बैशाखमा पनि भट्टराईसँग भेटवार्ता गरी बैठकमा आउन आग्रह गरेका थिए । भट्टराई निवासमा भएको वार्तामा दाहालको साथमा नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा लगायतका नेता पनि सहभागी थिए ।

वार्तामा पार्टीको संगठनात्मक रुपान्तरण एवम् पुनःसंरचनाको विधि र प्रक्रियाबारे छलफल भएको बुझिएको छ । सांगठानिक र वैचारिक विषयमा सहमति नभएसम्म केन्द्रीय समितिमा नबस्ने अडानमा भट्टराई रहेको स्रोतले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा भट्टराई पक्षीय नेतालाई पनि सहभागी गराउन दाहालले सहमतिका लागि सक्रियता बढाएका हुन् । एमाओवादीको केन्द्रीय समिति बैठक २ जेठदेखि शुरु हुँदैछ । विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा पद बाँडफाँडमा कुरा नमिलेपछि नेता भट्टराईसहित उनी पक्षधर नेताहरु सम्मेलनबाट बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>