समाचारशुक्रबार, जेठ २, २०७१

न्यायपरिषदलाई सुनुवाइमा बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

हिमालखबर

न्यायपरिषदका सदस्यलाई संसदीय सुनुवाइ समितिमा बोलाउने निर्णय अवैधानिक भएको ठहर गर्दै सर्वोच्चले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश गिरिशचन्द्र लालको इजलासले २ जेठमा समितिको निर्णय कार्यान्वयन नगर्न भनेको छ ।

समितिको निर्णयले स्वतन्त्र न्यायालय र संसदबीच द्वन्द्व बढाउने सर्वोच्चको ठहर छ ।

न्यायपरिषदका सदस्यलाई न्यायाधीश सिफारिशबारे जानकारी लिन समितिमा बोलाउने निर्णय विरुद्ध १ जेठमा रिट दायर भएको थियो । सर्वोच्चका पूर्व रजिष्टार श्रीप्रसाद पण्डितले समितिको निर्णय विरुद्ध रिट दायर गरेका हुन् । रिटमा समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो ।

संसदीय सुनुवाइ समितिले ३० बैशाखमा सर्वोच्च अदालतमा नियुक्तिका लािग गरेको न्यायाधीश सिफारिशबारे जानकारी लिन न्यायपरिषद सदस्यलाई बोलाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>