समाचारशनिबार, जेठ ३, २०७१

८ माघभित्र संविधान जारी हुनुपर्छः उपराष्ट्रपति

हिमालखबर

उपराष्ट्रपति परमानन्द झाले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन दलहरुले प्रतिवद्धता गरे अनुसार लोकतान्त्रिक संविधान जारी हुनुपर्ने बताएका हुन् । फोकस नेपालले राजधानीमा ३ जेठमा गरेको कार्यक्रममा उनले देशलाई भीषण अप्ठ्यारोबाट बचाउन संविधान लेखनमा दत्तचित्त भएर लाग्न सबै दललाई आग्रह गरे ।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताले ८ माघभित्रै नयाँ संविधान पाउने विश्वास व्यक्त गरे । तर, त्यसका लागि जनताको खबरदारीको खाँचो रहेकोमा उनले जोड दिए ।

विदेशमा गरिएको छलफलले नेपालमा संविधान नआउने भन्दै उनले सविधान निर्माणका लागि यही छलफल गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>