समाचारशनिबार, जेठ ३, २०७१
एमाओवादी बैठक स्थगित
एमाओवादीले गृहकार्य नपुगेको भन्दै केन्द्रीय समिति बैठक स्थगित भएको हो । संस्थापन पक्षसँग असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षधरलाई समेटेर अघि बढ्न नसकेपछि बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
बैठक ५ जेठसम्मका लागि स्थगित भएको हो । भट्टराई पक्षधरले अझै पनि केन्द्रीय समिति बैठकमा नजाने अडान लिइरहेका छन् ।
विराटनगर सम्मेलनबाट केन्द्रीय समिति अस्वीकार गरेर उनीहरु बाहिरिएका थिए ।
कोटेश्वरमा ३ जेठमा केन्द्रीय समिति बैठक केहिबेर मात्र बसेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २ जेठदेखि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।
