समाचारआइतबार, जेठ ४, २०७१

प्रधानमन्त्री–दाहाल भेट, संविधान निर्माणबारे छलफल

हिमालखबर

प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण लगायतको विषयमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा ४ जेठ बिहान भएको भेटवार्तामा संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

उनीहरुबीच मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदबारे पनि छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने विषयमा पनि छलफल भएको अधिकारीले बताए ।

प्रधानमन्त्रीले प्रमुख राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै छलफललाई तीब्रता दिने क्रममा दाहालसँग पनि भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीले ३ जेठमा नेकपा माले, सद्भावना पार्टी र फोरम लोकतान्त्रिकका शीर्ष नेतासँग संविधान निर्माण, न्याय परिषद्को सिफारिसमा देखिएको विवाद र २६ जनाको मनोनयनको विषयमा छलफल गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>