समाचारआइतबार, जेठ ४, २०७१

नेता नेपालको स्वास्थ्यमा सुधार

हिमालखबर

एमाले नेता नेपालको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको वीर अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार नेता नेपालको स्वास्थ्यमा ७० प्रतिशत सुधार आइसकेको छ ।

नेता नेपाललाई भेट्न अस्पताल पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई बिफ्रिङ गर्दै डा. थापाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । ४ जेठमा वीर अस्पताल पुगेका प्रधानमन्त्री कोइरालाले नेता नेपालको स्वास्थ्यमा भइरहेको सुधारबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

निमोनियाका कारण ३१ बैशाख साँझ नेता नेपाल अस्पताल भर्ना भएका थिए ।

यसैबीच, वरिष्ठ नेता नेपाललाई भेट्न पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि ४ जेठमै वीर अस्पताल पुगेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>