समाचारसोमबार, जेठ ५, २०७१

ओली पक्षको प्रमुख पदमा उम्मेदवारी घोषणा

रासस

नेता केपी ओली पक्षले ५ जेठमा राजधानीमा पत्रकार सम्मेलन गरेर प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको हो । ओली पक्षले वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष विद्या भण्डारीले महाधिवेशनले पार्टी अध्यक्षमा नेता ओली सर्वसम्मत हुने दावी गर्दै वरिष्ठ उपाध्यक्षमा गौतम र महासचिवमा पोखरेलको नाम घोषणा गरेकी हुन् । उनले महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन अरुले पनि समर्थन गरेर सर्वसम्मत प्रस्ताव ल्याउन सकिए पार्टीको लोकतान्त्रिकरण, दीर्घजीवन र पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने बताईन् ।

उनले नेता ओली एक कार्यकालका लागि अध्यक्ष हुने र एक पदमा एक जिम्मेवारीको नीतिमा अडिग रहने दावी गरिन् । एमाले संसदीय दलको निर्वाचनमा नेता ओलीलाई सघाउने गठबन्धनले निरन्तरता पाउने र सोही अनुसार नेतृत्व हस्तान्तरण गराउने पनि ओली पक्षले उद्घोष गरेको छ ।

पत्रकार सम्मेलनमा सचिव विष्णु पौडेल र पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले पनि अबको अध्यक्ष ओली हुनुको विकल्प नभएको बताए । पार्टी विधानमा दुई कार्यकाल प्रमुख नेतृत्वमा रहने वैधानिक व्यवस्था भएको जनाउँदै पौडलले भने, “१५ वर्षसम्म गर्न नसकेको कुन काम बाँकी छ र नेता नेपालले नेतृत्वको दावी गर्नुहुन्छ ?”

अर्का सचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको सिद्धान्तको जगमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका लागि नेता ओली अध्यक्ष हुनुपर्ने जिकिर गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>