समाचारसोमबार, जेठ ५, २०७१

एमाले महासचिव पोखरेल अस्वस्थ्य

रासस

एमाले महासचिव पोखरेललाई पिसाबसम्बन्धी समस्या (युरिन इन्फेक्सन) भएको हो । उनलाई उच्च ज्वरो आएपछि चिकित्सकको सल्लाह अनुसार अहिले घरमै आराम गरिरहेका छन् ।

धापासीस्थित ग्रान्ण्डी अस्पतालमा ३ जेठमा झण्डै चार घण्टा चिकित्सकको निगरानीमा रही उनी अहिले घरमै आराम गरिरहेको पोखरेलकी श्रीमती मीरा ध्वजूले जानकारी दिइन् । उनका अनुसार पोखरेलले अहिले एन्टिबाइटिक शुरु गरेका छन् ।

उनी बिरामी भएकै कारण ५ जेठ बिहान बानेश्वरमा आयोजित ओली पक्षधरको पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको बुझिएको छ । पोखरेल नआएपछि एमाले उपाध्यक्ष विद्या भण्डारी, सचिव विष्णु पौडेल, शंकर पोखरेल, पोलिटब्यूरो सदस्य मुकुन्द न्यौपाने लगायतका नेता मात्र कार्यक्रममा उपस्थित भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>