समाचारसोमबार, जेठ ५, २०७१

संविधानसभामा नभएका दललाई वार्तामा बोलाऊः राजनीतिक समिति

हिमालखबर

संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभा बाहिर रहेका राजनीतिक दल तथा सरोकारवाला निकायलाई पनि वार्तामा बोलाउन सरकारसँग आग्रह गरेको हो । समितिको ५ जेठमा बसेको बैठकले संविधानसभा बाहिर रहेका समूहलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी हुन सरकारले आग्रह गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संविधान निर्माण प्रक्रियामा सबैको सहभागितासहित बढी भन्दा बढी जनताको अपनत्व र स्वामित्व प्राप्त संविधान निर्माण लागि त्यस्ता समूहसँग वार्ता गर्नुपर्ने समितिको ठहर छ ।

समितिले संविधानसभा बाहिर रहेका सरोकारवाला समूहलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

संविधानसभा बाहिर रहेका दल र सरोकारवालाको पहिचान गरी वार्ताका लागि आवश्यक पर्ने वार्ता प्रक्रिया र कार्यविधिको सुझाव दिन समितिले उपसमिति पनि गठन गरेको छ । कांग्रेस सभासद पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित उपसमितिले १५ जेठभित्र प्रदिवेदन बुझाउने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>