समाचारबुधबार, जेठ ७, २०७१
देशले धान्ने संख्यामा मात्र प्रदेशः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले देशको अर्थतन्त्रले धान्न सक्ने सीमित संख्यामा मात्र प्रदेश बन्ने बताएका छन् । पूर्व सांसद मञ्च नेपालले राजधानीमा ७ जेठमा गरेको राज्य पुनःसंरचना सम्बन्धी अन्तक्र्रियामा उनले विश्वमा प्रचलित सङ्घीयस्वरुपको अध्ययन गरी नेपालमा पनि सामर्थ्यका आधारमा सीमित सङ्ख्यामा मात्र प्रदेश बन्ने उल्लेख गरे ।
उनले शासकीयस्वरुपका सम्बन्धमा पनि नेपालको राजनीतिक परिवेश अनुसार संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री उचित हुने विचार प्रस्तुत गरे ।
कार्यक्रममा उनले संविधान निर्माणमा ध्यान केन्द्रित गर्नु परेकाले सरकारले सयद दिनमा जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको जिकिर गरे ।
रासस
