समाचारबुधबार, जेठ ७, २०७१
एमाले महासचिव पोखरेल अस्पताल भर्ना
एमाले महासचिव पोखरेललाई राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा ६ जेठ राति भर्ना गरिएको हो । पिसाबसम्बन्धी समस्य (युरिन इन्फेक्सन) का कारण उनी एक सातादेखि बिरामी थिए ।
यसअघि ३ जेठमा ग्रान्डी अस्पतालमै चार घण्टा चिकित्सकको निगरानीमा रही उनी घरमा आराम गरिरहेका थिए । तर उच्च ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको उनको नीजि सचिवालयले जनाएको छ ।
पिसाब नलीमा संक्रमण भएपछि उनी बिरामी भएका हुन् ।
