समाचारबुधबार, जेठ ७, २०७१

भ्रष्टाचार क्यान्सर झैं मौलायोः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष दाहालले क्यान्सर झैं मौलाएको भ्रष्टाचारलाई अभियान नै चलाएर अन्त्य गर्नुपर्ने टिप्पणी गरेका हुन् । संयुक्त पर्यटन समन्वय समितिको आन्दोलनमा ऐक्यवद्धता जनाउन नेपाल पर्यटन बोर्डमा ७ जेठमा पुगेका उनले देशमा क्यान्सरकै रुपमा मौलाएको भ्रष्टाचार र बेथिती अन्त्यका लागि अभियान चलाउनु जरुरी रहेको बताए ।

उनले देशमा क्यान्सर झैं मौलाइरहेको भ्रष्टाचार चिन्ताको विषय भएको बताए । पर्यटन व्यवसायीको भ्रष्टाचार बिरोधी आन्दोलनले सिंगो राजनीतिक नेतृत्वको ध्यान खिचेको उनको भनाइ छ ।

“पर्यटन व्यवसायीको आन्दोलनले सिंगो देश र राजनीतिक नेतृत्वको ध्यान जगाएकाले यसलाई अभियानकै रुपमा अघि बढाउनुपर्छ,” उनले भने । भ्रष्टाचार र अनियमिततासम्बन्धी पर्यटन व्यवसायीको जायज मागलाई सम्बोधन गराउन प्रतिपक्षी दलको नेता भएको हैसियतले सरकारसँग छलफल गर्ने उनले आश्वासन दिए ।

उनले संविधान निर्माण र सङ्क्रमण अन्त्यका क्रममा मुलुकमा बेथिती अन्त्य गर्ने र नयाँ प्रक्रियामा लैजाने अभियानमा जुटेको पर्यटन व्यवसायीको आन्दोलन सार्थक भएको उल्लेख गरे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>