समाचारबिहीबार, जेठ ८, २०७१
प्रधानमन्त्री १२ जेठमा भारत जाने
प्रधानमन्त्री कोइराला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहका लागि भारत जाने भएका हुन् । दिल्लीमा १२ जेठमा हुने समारोहमा उनी सहभागी हुनेछन् ।
मन्त्रिपरिषदको ८ जेठमा बसेको बैठकले प्रधानमन्त्री कोइरालाको भारत भ्रमणको निर्णय गरेको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले २६ मे मा सपथ लिँदैछन् । मोदीले नेपालसहित सार्क राष्ट्रका प्रमुखलाइ समारोहका लागि निम्ता गरेका थिए ।
