थप समाचारबिहीबार, जेठ ८, २०७१
नुवाकोटमा किसानमाथि लाठीचार्ज
नवदीप अजनवी, नुवाकोट
नुवाकोटको विदुरस्थित मालपोत कार्यालय अगाडि धर्नामा बसेका किसानमाथि प्रहरीले लाठीचार्ज गरेको हो । आफन्तको काम गराउन प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जबरजस्ती गरेपछि किसानले बिरोध गर्दा प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रहरीले ८ जेठ दिउँसो किसानमाथि लाठीचार्ज गरेको हो । लाठीचार्जबाट घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला भूमि अधिकार मञ्चको अगुवाइमा बिर्तापीडित किसान ४ जेठदेखि धर्नामा बसिरहेका छन् । बिर्ता तथा गुठी जग्गा जोतभोग गरिरहेका रसुवा र नुवाकोटका किसानले जग्गा आफ्नो नाममा रैकर गरी लालपूर्जा पाउनुपर्ने माग राख्दै धर्ना दिइरहेका हुन् ।
यसैबीच, प्रहरीले पत्रकार रामहरी न्यौपानेको क्यामरा खोसेर लगेका छन् । किसानमाथि गरेको लाठीचार्जको तस्वीर खिचेको भनद्यै प्रहरीले पत्रकार न्यौपानेको क्यामरा खोसेर लगेका हुन् ।

