समाचारबिहीबार, जेठ ८, २०७१

सर्लाहीका पाँच जिशिअविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालखबर

अख्तियारले झोले (संचालनमै नआएको) विद्यालयलाई अनियमित रुपमा रकम निकासा दिएको अभियोगमा पाँच जना जिशिअविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले बहालवाला जिशिअ रामकुमार विक, पूर्व जिशिअहरु महेन्द्र महतो, हेमन्तकुमार सिंह, सुकदेव सापकोटा र रामविनोद राय यादव विरुद्ध ८ जेठमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पाँच जिशिअसहित ११ जना विरुद्ध मुद्दा दर्ता गरेको अख्तियारका प्रवत्ता श्रीधर सापकोटाले जानकारी दिए । उनका अनुसार सव–इन्जिनियर लक्ष्मीनारायण साह, श्रोतव्यक्ति रघुनाथ पाण्डे, जनता प्राविका प्रधानाध्यापक शिवजी कुमार सिंह, व्यवस्थापन समिति अध्यक्ष रामकैलाश सिंह र इन्जिनियर किशुनदेव साह विरुद्ध पनि मुद्दा दायर भएको छ ।

सर्लाही, धनकौल–८ मा संचालनमा नै नरहेको जनता प्राविको नाममा अनियमित रुपमा बजेट निकासा गरेर सरकारी रकम दुरुपयोग भएको अख्तियारको दावी छ । अख्तियारका प्रवक्ता सापकोटाले रु.१७ लाख ८५ हजार ५०७ बिगो कायम गरी माग दावी गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>