थप समाचारशुक्रबार, जेठ ९, २०७१

अधिकारी दम्पत्तिको अनशन तोडाउन छोरालाई मानवअधिकारकर्मीको पत्र

हिमालखबर

मानवअधिकारकर्मीले नूरप्रसाद अधिकारीलाई पत्र पठाएर वीर अस्पतालमा अनशनरत आमा–बुबाको अनशन तोड्न आग्रह गरिदिन अपील गरेका हुन् । शुभचिन्तकको भन्दा आफ्नो सन्तानको आग्रह बढी वजनदार हुने भएकाले अनशन तोडाउन पहल गरिदिन पत्रमा अपील गरिएको छ ।

“तपाईं कृपयता तुरुन्तै वीर अस्पतालको ‘पुरानो आईसीयू’ कक्षमा गई माता गंगामाया र पिता नन्दप्रसादलाई अनशन अन्त्य गर्न आग्रह गरिदिनुस् । एउटा जीवित सन्तानको आग्रह हामी जस्ता शुभचिन्तकको भन्दा धेरै बढी वजनदार हुन्छ भन्ने कुरामा भरोसा राख्दै हामी यो अपील गरिरहेका छौं ।”

अधिकारी दम्पत्ति आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीर्ला कानूनी कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत छन् । उनीहरु १२१ दिनदेखि अनशनरत छन् ।

अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसादलाई २४ जेठ २०६१ म तत्कालीन माओवादी कार्यकर्ताले नियन्त्रण लिई हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>