समाचारशुक्रबार, जेठ ९, २०७१
वैद्य माअोवादीसहित सर्वपक्षीय भेला हुने
सरकार र नेकपा–माओवादीबीच सर्वपक्षीय भेला आयोजना गर्ने सहमति भएको छ । प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच ९ जेठमा सर्वपक्षीय भेला गर्ने सहमति भएको हो ।
भेटमा सहभागी नेकपा–माओवादी सचिव देव गुरुङले राजनीतिक समस्याको निकासका लागि प्रधानमन्त्री कोइराला तयार रहेको जानकारी दिए । मुलुकमा विद्यमान राजनीतिक समस्याको निकासका लागि प्रधानमन्त्रीसँग सकारात्मक छलफल भयो,” उनले भने ।
उनका अनुसार भेला आयोजनाअघि प्रारम्भमा प्रमुख चार दलबीच छलफल हुने र त्यसपछि अन्य दल र पक्षलाई सहभागी गराइनेछ । भेला कहिले गर्ने र कसरी गर्ने भन्ने सम्बन्धमा छलफलका लागि प्रधानमन्त्रीले बोलाएको बताउँदै नेता गुरुङले भेलाको संयोजन पनि सरकारले नै गर्ने जानकारी दिनुभयो ।
रासस
