समाचारशुक्रबार, जेठ ९, २०७१
स्ववियु चुनाव स्थगित
त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनबीच सहमति भएपछि १८ जेठको चुनाव स्थगित भएको हो । त्रिवि र नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका १९ विद्यार्थी संगठनबीच ९ जेठमा तीनबुँदे सहमति भएको हो ।
दुई पक्षबीच भएको तीनबँुदे सहमतिमा १८ जेठमा स्ववियु चुनाव स्थगित गर्ने, विद्यार्थीले आन्दोलन फिर्ता लिने र विद्यार्थी संगठनबीचको छलफलबाट नयाँ मिति तय गर्ने उल्लेख छ ।
त्रिवि विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले विद्यार्थी सङ्गठनसँग परामर्श गरेर स्ववियु चुनावको नयाँ मिति तोकिने बताए ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले त्रिवि र विद्यार्थी सङ्गठनबीच भएको बैठक सकारात्मक भएको र त्रिविले जतिसक्दो छिटो स्ववियु चुनावको मिति सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
