समाचारशुक्रबार, जेठ ९, २०७१
राप्रपा अध्यक्ष थापाले अवकास लिने
राप्रपा अध्यक्ष थापाले १८ जेठदेखि लागू हुने गरी अध्यक्ष पदबाट अवकास लिने भएका हुन् । मालिगाउँस्थित आफ्नै निवासमा ९ जेठमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो स्वास्थ्य र संविधानसभामा खेल्नुपर्ने भूमिकाका कारण अध्यक्ष पदबाट अवकास लिन चाहेको बताए ।
पार्टीको स्थापना दिवसको अवसर पारेर उनले १८ जेठमा जलपान समारोहको आयोजना गरी पार्टीबाट औपचारिकरुपमा अवकास लिने जानकारी दिए ।
उनले पार्टीको विधान, महाधिवेशनको निर्देशन अनुसार केन्द्रीय कार्य समितिले अर्को अध्यक्ष चयन गर्ने बताए । महाधिवेशनले तय गरे अनुसार चक्रिय प्रणाली र आलोपालो प्रणालीमा उत्तराधिकारी चयन हुने उनको भनाइ छ ।
रासस
