समाचारशुक्रबार, जेठ ९, २०७१

उपनिर्वाचनको तयारी तीब्र

हिमालखबर

निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र धाँधलिरहितरुपमा उपनिर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा भइरहेको जनाएको छ । काठमाडौं क्षेत्र नं.–२, चितवन क्षेत्र नं.–४, बर्दिया क्षेत्र नं.–१ र कैलाली क्षेत्र नं.–६ मा उपनिर्वाचन हुँदैछ ।

आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक, मतदाता नामावली छपाइ, निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन अधिकृतको कार्यालय स्थापना, आचारसंहिता कार्यान्वयन र अनुगमनजस्ता निर्वाचनसँग सम्बन्धित काम गरिरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन व्यवस्थापनको कार्यलाई व्यवस्थित तुल्याउन मुुख्य सचिवमार्फत् १६ बुँदे निर्देशनसमेत पठाइसकेको बताए । “ती निर्वाचन क्षेत्रमा विद्युतीय मतदान हुँदैछ,” उनले भने, “उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलिरहितरुपमा सम्पन्न गर्न आयोगले आवश्यक पर्ने सबै काम गरिराखेको छ ।”

उपनिर्वाचनमा २ लाख ५१ हजार ३०४ मतदाताले १३७ मतदानस्थल र ३२४ मतदान केन्द्रमा मतदान गर्नेछन् । आयोगले थप भएका मतदातालाई मतदाता परिचयपत्र र मतदाता परिचयपत्र हराएका, च्यातिएका, छुटेका, त्रुटि भएकाहरुलाई पनि मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>