समाचारशुक्रबार, भाद्र २२, २०६९
२४ भदौको उपत्यका बन्द फिर्ता
नौ विद्यार्थी सङ्गठनको २२ भदौमा बसेको संयुक्त बैठकले बन्द फिर्ता लिने निर्णय गरेको हो । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेका अनुसार बिपी कोइरालाको जन्मजयन्ती र स्नातक तहको परीक्षा परेकाले बन्द फिर्ता गरिएको हो । बन्द फिर्ता लिए पनि त्यस दिन नेपाल आयल निगमको मुख्य कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको लामिछानेले जानकारी दिए ।
