समाचारशनिबार, जेठ १०, २०७१
प्रधानमन्त्रीद्वारा भ्रमणबारे कूटनीतिज्ञसँग परामर्श
प्रधानमन्त्री कोइरालाले कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका विज्ञहरुसँग १० जेठमा छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा कूटनीतिज्ञहरुलाई बोलाएर उनले भारत भ्रमणका विषयमा केन्द्रित छलफल गरी राय सुझाव लिएका छन् ।
छलफलमा भारतका लागि पूर्व नेपाली राजदूत प्रा. लोकराज बराल, पूर्व राजदूत डा. भेषबहादुर थापा, दुर्गेशमान सिंह, शम्भुराम सिम्खडा, पोषराज पाण्डे, डा केदारभक्त माथेमा, गेजा शर्मालगायतको सहभागिता थियो ।
छलफलपछि पूर्व राजदूत बरालले प्रधानमन्त्रीको सद्भावना भ्रमण भएकाले दुई देशबीचको पारस्परिक हित र नेपालको विकासमा केन्द्रित रहेर कुरा गर्न सुझाव दिएको जानकारी दिए ।
प्रधानमन्त्री कोइराला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन १२ जेठमा भारत भ्रमणमा जाँदैछन् ।
